काठमाडौं । प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान १० बजे बस्न लागेको हो । बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठाइएका प्रश्नहरूको विभागीय मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद…