नवनिर्वाचित उपसभामुख रानामगर भन्नु हुन्छः पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


नवनिर्वाचित उपसभामुख रानामगर भन्नु हुन्छः पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु


364
Shares

काठमाडाैं । नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उपसभामुखमा निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनु भएको हो । विपक्ष दलका सांसदहरुले समेत उठाएका उस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताउनु भएको हो ।

उपसभामुख रानामगरले संविधानले दिएको अधिकार भित्र रहेर संसदको कामलाई अझ बढि प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताउनु भयो ।

नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उहाँको भनाई थियो ।

उपसभामुख रानामगरले भन्नु भयो, ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउने छु । गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्यूहरुलाई उठाएका इस्यूलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्र्यादित र सुसंस्कृत गर्ने काम हुन्छ । उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ । आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु । तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछु ।’

उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढने समेत बताउनु भयो ।