काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफनो भारत र चीनको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवद्र्धनमा योगदान पुगेको दाबी गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री खनालले आफनो मन्त्रालयलाई विनियोजन गरिएको बजेटको अधिकतम उपयोग गर्दै तोकिएका कामहरु मितव्ययी र प्रभावकारी रुपमा सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको दुई पक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तराष्ट्रिय सहयोग प्रवद्र्धन लगायतका महत्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धि कार्यहरु सम्पन्न गरेको उहाँको भनाई थियो ।
मन्त्री खनालले भन्नुभयो,‘आगामी आर्थिक वर्षका लागि मन्त्रालयका र अन्तर्गतका निकायका लागि कूल ८ अर्व ७३ करोड बजेट स्विकृत भएको छ । विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका कामहरु मितव्ययी र प्रभावकारी रुपमा सम्पन्न गर्न प्रतिवद्धता व्यक्त गर्दछु । परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको दुई पक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तराष्ट्रिय सहयोग प्रवद्र्धन लगायतका महत्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धि कार्यहरु सम्पन्न गरेको छ । नयाँ सरकार बनिसकेपछि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै भारत र चीनको भ्रमण, लगायत समकक्षीहरुकोसँगको टेलिफोन वार्ता र अन्य कूटनीतिक गतिविधिहरुबाट राष्ट्रिय हित प्रवद्र्धनमा योगदान पुगेको छ ।’
मन्त्री खनालले नयाँ सरकारले कुटनीतिक गतिविधिलाई तीव्रता दिएको पनि बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्