Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएकोबारे संसदमा मन्त्री लम्सालको स्पष्टीकरण


1k
Shares

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ठेकेदारलाई थर्काएको विषयमा प्रतिनिधि सभा बैठकमा स्पष्टीकरण दिनुभएकाे छ । 

बिहीबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले खुट्टा भाँच्न दिएको अभिव्यक्ति सच्याउँदै इन्टेन्सन त्यस्तो नरहेको बताउनुभयाे ।

विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक ऐन महरले ठेकेदारको खुट्टा भाँचिदिने मन्त्रीको अभिव्यक्तिको जवाफ माग गर्नुभएकाे थियाे । उहाँको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले इन्टेसन त्यस्तो नरहेको र काम गरोस् भन्ने इन्टेन्सन रहेको बताउनुभयाे ।

‘ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो, मेरो इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो। नितान्त काम गरोस् भन्ने हो’, उहाँले भन्नुभयाे ।

ठेक्का रद्द गर्नुपर्‍यो भने ठेकदारलाई नै आर्थिक भार पर्ने भन्दै उहाँले अभिव्यक्तिको बचाउ गर्नुभयाे । ‘उहाँ (ठेकेदार)हरूले काम गर्नुभएन, हामीले रद्द (ठेक्का) गर्नुपर्‍यो। रद्द भयो भने त उहाँहरूको त तीन सात पुस्ता सकिन्छ’, लम्सालले भने ‘किनभने बैंक ग्यारेन्टी थुत्छ। बैंक ग्यारेन्टी त फोर्स लोन हुन्छ त्यो। त्यो जसरी नि भुक्तानी गर्नुपर्छ। फेरि अब बाँकी कामका लागि असर उत्पन्न गर्छ।’

उहाँले बढीभन्दा बढी दबाब दिएर काम गराउन खोजेको पनि बताउनुभयाे। ‘हामीले उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दिउन्। सुटुक्क काम गर्दिउन्, उहाँहरूले काम गर्दिनुभयो भने त हामी चुपचाप लागेर बस्छौँ नि, सकिहाल्यो’,

लम्सालले ठेज ३१ गते नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षण गर्दै स्थानीयले बिजुलीको पोल नसार्दा समस्या भएको गुनासो गरेपछि काम नगर्नेहरुको मतलत नै नगरी खुट्टा भाँचिदिन भन्नुभएकाे थियाे ।

उहाँको अभिव्यक्तिको संसदमा निरन्तर विरोध भइरहेको छ।