२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘मधेससँग लभ गरेका प्रचण्डले अर्कैसँग लगनगाँठो गाँसे’


143
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा परिवर्तन आएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा उहाँले प्रचण्डको पुष्पकमल दाहालमा रुपान्तरण भएको शंका लागेको बताउनुभयो ।

पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा देशका तमाम शोषित पीडित जनता, झुपडीमा बस्ने जनताले विश्वासका साथ अब गरिब जनताले पनि अधिकार र सम्मान पाउने आशा गरेको उहाँको तर्क छ ।

यादवले प्रधानमन्त्री प्रचण्डलाई शंकाको लाभ दिएको भन्दै प्रचण्डको रुपमा गरेका प्रतिबद्धतालाई नबिर्सिन आग्रह गर्नुभयो ।

यादवले प्रचण्ड २०७० को निर्वाचनमा काठमाडौंबाट पराजित भए पनि सिरहाबाट विजयी भएको स्मरण गराउनुभयो ।

सो समयमा प्रचण्डले मधेससँग लभ परेको छ भनेको सम्झदै उहाँले मधेसका जनताले विश्वासका साथ मधेसलाई लभ गर्न थालेको सम्झे पनि मधेससँग लभ परेका प्रचण्डले अर्कैसँग लगनगाँठो गाँसेको तर्क गर्नुभयो।