Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


कांग्रेसमा किचलो ! (भिडियाे रिपोर्ट)


0
Shares

काठमाडाैं ।

नेपाली कांग्रेसको १५ औैं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र एकताको चर्चा बढे पनि त्यसले अझै ठोस रूप लिन सकेको छैन ।

शीर्ष तहका नेताहरू सार्वजनिक रूपमा एकताकै पक्षमा रहेको रटान लगाइरहेका, तर व्यवहारमा उनीहरूबीच साझा समझदारी बन्न नसक्दा अन्योल कायमै रहेको देखिएको छ ।

नेपाली कांग्रेस विशेष महाधिवेशनयता विवादको भुमरीमा फसिरहेको छ । यहाँसम्म आइपुग्दा पार्टीका शीर्ष नेताहरुबीच देखिएको टकरावले निकै समस्या नै निम्त्यायो । विशेष महाधिवेशनबाट आएको नेतृत्वले वैधानिकता पाइसकेपनि विभिन्न बहानामा इतर पक्षले निहुँ खोजिरहेको छ ।

इतर पक्षले छुट्टै कार्यालय खोल्नेगरी गतिविधि अघि बढाएको चर्चा पनि भयो । तर, अहिलेसम्म सो समूहले छुट्टै कार्यालय खोलेर कामकारबाही भने अघि बढाउने आँट गरि सकेको छैन । पार्टीभित्र महाधिवेशनलाई सहमतिमार्फत अघि बढाउने र सबै पक्षलाई समेटेर नेतृत्व चयन गर्ने विषयमा छलफल भइरहेको बताइए पनि सहमतिको स्पष्ट आधार तय भएको देखिंदैन ।

नेतृत्व, शक्ति सन्तुलन तथा भावी जिम्मेदारीको बाँडफाँटजस्ता विषयमा साझा निष्कर्ष ननिस्किँदा एकताको प्रयासले अपेक्षित गति लिन सकेको छैन । नेताहरूले पार्टीलाई विभाजनको दिशामा होइन, सहमतिका आधारमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइरहेका छन् । तर, आन्तरिक छलफल र संवाद निरन्तर भए पनि त्यसबाट ठोस सहमति निर्माण हुन नसक्दा समस्या देखिएको छ ।