जनकपुरधाम । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानमा धनुषामा ६२ प्रतिशत मत खसेको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा ६२ प्रतिशत मतदाताले मतदान गरेका हुन् । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६२ प्रतिशतसम्म मतदान भएको जानकारी दिनुभयो ।…