काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाउन माग गर्नु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीभन्दा पनि अगाडि बढेर भारतका लागि नेपाली राजदूतले अभिव्यक्ति…