काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले सोमबार नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यवसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर देशमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै तत्काल गृहमन्त्री नियुक्तिको माग…