काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । उहाँले फेरि वर्षा हुनु हुन लागेकाले सो पानी वर्षा याममा पनि काठमाडौं आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गर्नुभएको हो । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौंबासीलाई खानेपानीको…