काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाउनु भएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत मेयर शाहले सांसद विकास कोषमा रकम छुट्याएपछि सांसदहरु बल्ल वडाध्यक्षको तहमा आईपुगेको टिप्पणी गर्नुभएको हो । उहाँले वडाध्यक्षकै काम गर्ने मन भए किन सांसद बनेको माननीज्यूहरु ? भन्दै प्रश्न पनि गर्नुभएको…