काठमाडौं । नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ । सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका कार्यकर्ताले अयोग्य लडाकुलाई २ लाख रुपैयाँका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री दाहालको पत्ला दहन गरेका हुन् । उनीहरुले लडाकुको नाममा अर्बौ घोटला गर्न खोजेको भन्दै सरकारविरुद्ध…