काठमाडौं । नेकपा माओवादीले समर्थन फिर्ता लिए कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढल्ने भएको छ । गत पुस २४ मा एमाले, नेकपा माओवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी(जसपा) को गरी ५९ सांसदको समर्थनमा एमालेका हिकमत कार्की मुख्यमन्त्री बन्नु भएको थियो । केन्द्रीय सरकारमा अहिले कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाको समीकरणको सरकार छ…