काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले भारतीय संसदमा ‘अखण्ड भारतको’ आपत्तिजनक नक्सा राखेको भन्दै त्यसबारे नेपाल सरकारले भारतको ध्यानाकर्षण गराउनुपर्ने बताएको छ । पार्टीको जेठ २५ र २६ गते सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै भारतले राखेको उक्त नक्साबारे कूटनीतिक पहलबाट समस्याको हल खोज्न पनि सरकारसँग माग गरेको छ ।…