काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ । निवर्तमान स्वास्थ्यमन्त्री गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । एमालेका गिरी मंसिर ४ को निर्वाचनमा पर्वतबाट विजयी हुनुभएको थियो । उहाँले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २२ सय मतान्तरले पराजित गर्नुभएको थियो । गिरीले…