Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्री दाहाल शितल निवास जानुभएको हो । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई भेटनुभएको हो । राष्ट्रपतिको सचिवालयले भने यो भेटलाई नियमित भेटवार्ता भएकोे जनाएको छ ।