काठमाडौं । सरकारले काठमाडौं-तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । उहाँले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर…