काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब केही दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ । आज प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले आफूले…