काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको अभियोगमा पक्राउ परेकाहरुलाई अदालतले धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश…