Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गाेपनियताकाे शपथ

काठमाडाैं । नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गर्नुभएकाे छ । नवनियुक्त मन्त्री धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्नु भएकाे हाे । बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराउनु भएकाे हाे । मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ।