काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने भएकाे छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ ५ बजे बैठक बस्ने भएकाे हाे । शुक्रबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको नीति-कार्यक्रम र बजेटकाे विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएकाे छ । यसअघि बुधबार बसेकाे गठबन्धनकाे बैठकले सरकारको नीति-कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो।