काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारका मुद्दामा आफू गम्भीर ढंगले लागेको र त्यसलाई निचोडमा पुर्याईछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियानकर्तासँगको भेटमा उहाँले भ्रष्टचारमा संलग्न जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु भएको हो । उक्त भेटमा अभियानकर्ताहरुले भ्रष्टाचारको मुद्धामा शून्य सहनशिलता अपनाई, ललिता निवास काण्ड,…