काठमाडौं । सांसद डा. विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिनेकुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले राष्ट्रपति मन्त्रीपरिषद्को औंठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताउनुभयो ।…