पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस अहिलेसम्मका मुलकका परिवर्तनहरुको संवाहक भएकाले कांग्रेसले नै जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गर्ने भुमिकाबाट कांग्रेस पछि…