काठमाडौँ । सरकारले सरकारी खर्चमा मितव्ययिता र सूचना प्रवाहलाई एकरूप बनाउन अबदेखि सरकारी विज्ञापन र सूचना सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रकाशन–प्रसारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी मिडियामै विज्ञापन दिनुपर्नेछ । यस निर्णयप्रति नेपाल पत्रकार महासंघले विरोध…