काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ । सचिव भट्टराईले प्रहरी महानिरीक्षक बसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानविनमा सहयोग गर्न आग्रह गर्नुभयो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उहाँले…