काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानून निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सभामुख घिमिरेले जनताको सुुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले नेपालको सञ्चार क्षेत्रमा…