काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु अहिले मुलुकको प्रमुख चुनौती रहेको बताउनुभएको छ। तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको स्वाभिमान जोगाउँदै मुलुकलाई विदेशीको क्रीडाभूमि बन्नबाट बचाउनु आवश्यक रहेको बताउनुभएको हो। सहसंयोजक नेपालले नेपाल कुनै पनि देशको अधीनमा…