काठमाडौं । नेपाली कांग्रेसले संक्रमणकालीन न्यायको मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन हुनुपर्ने बताएको छ । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको राष्ट्रपतीय निर्वाचनका लागि बनेको ९ दलीय गठबन्धनको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल र सरकारका तर्फबाट संक्रमणकालीन न्यायका बारेमा कमजोरी भएको स्वीकार्दै पीडित…