काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै नेता रिजालले यस्तो बताउनुभएको हो । उहाँले विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको १७ वर्ष…