काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बोलाउनुभएको बैठक पनि निष्कर्षविहीन बनेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले आफूसँग राष्ट्रिय सभामा आफूहरु जिरो नबनाउन आग्रह गरेको कुरा प्रश्तुत गर्नुभएको र त्यसमा…