काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल भएको छ । परराष्ट्र मन्त्रालयका काठमाडौंमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको हो । दुई देशका परराष्ट्रमन्त्रीहरु नारायण प्रकाश साउद र एस जयशंकरले उक्त विषयमा केन्द्रित भई नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेको मन्त्रालयले…