काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले मेयर साहले ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक नभएको टिप्पणी गर्नुभयो । बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले सबै जना एक भएर राष्ट्रको बारेमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, उहाँले नेपाल धर्म निरपेक्ष हुनु देश हीतको पक्षमा नभएको बताउनुभयो ।