काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ । बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा कार्कीको नाम अनुमोदन गरेको हो । अब कार्कीकाे प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलेको छ ।गत बैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश…