काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको विकासको लागि गर्नुपर्ने लगानी र आवश्यकताका आधारमा बजेट विनियोजन भएको बताउनुभएको हो । उहाँले मानव विकासका सुचकांकमा पछाडी परेका कर्णाली…