एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ ओटा वडाहरुमा विजय हासिल गरेको छ । २०५४ सालयता कुनैपनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको हो । सिद्धार्थनगरको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि एमालेकै उमा काफ्ले विजयी भएकी छन् ।