काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसदमा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।