काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजसंस्था पुनः स्थापनाको एजेण्डा पार्टीले महत्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउने बताउनु भयो । थापाले विगतमा पार्टीको एजेण्डा राजासंस्था नरहेको भएपनि…