काठमाडौं । शिर्ष तिन दलले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुंग्याउन पहल सुरु गरेका छन् । शिर्ष दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संसदमा रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्नका लागि आपसी छलफल प्रारम्भ गरेका हुन् ।…