काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ । बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वर्गिय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताउनुभएको हो । उहाँले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताउनुभयो…