काठमाडौं । तत्कालिन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पुगिसक्दा पनि संक्रमणकालिन न्याय निरुपणको विषय भने अझै बल्झिरहेको छ । चौतर्फी दवाव पछि ल्याइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक पनि विवादित बन्दा विधेयक प्रतिनिधिसभाको न्याय, कानून तथा मानव अधिकार समितिमा लामो समयदेखि विचाराधीन छ । तर यही बीचमा राष्ट्रसंघीय महासचिव एन्टोनीयो गुटेरेस…