२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै


208
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ ।

जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रश्ताव प्रस्तुत गर्नुुहुनेछ ।

शोक प्रस्ताव पारित गर्ने बाहेक बिहीबारको बैठकका लागि अन्य कार्यसूची तय गरिएको छैन ।