काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ । आईतवार आगामी वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलका लागि बसेको राष्ट्रिय सभा बैठक प्रमुख प्रतिपक्षी दलले अवरुद्ध गरेको हो । नेकपा एमालेका राष्ट्रिय सभाका उपनेता भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकप्रति आपत्ति जनाउनु भयो । उहाँले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष…