काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ । मंगलबार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरुलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताउनुभयो । उहाँले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरुले लिन आवश्यक नरहेको बताउनुभयो…