६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


वित्त तथा मौद्रिक नीतिको समाञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति


0
Shares

काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दै यस्तो बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताउनुभयो । उहाँले मूल्यवृद्धिदर पनि घटेको बताउनुभयो । उहाँले कानूनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताउनुभयो । उहाँले शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताउनुभयो ।