११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने सरकारको योजना


0
Shares

काठमाडौं । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताउनुभयो । उहाँले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले साईबर सुरक्षा सम्बन्धि कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो ।