काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कुटनीतिमार्फत भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्न नेपाल सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग नेपालको नक्शामा समेटिए पनि नेपालको मातहत कहिले आउँछ ? भनि प्रश्न गर्नुभएको थियो ।…