काठमाडौं । कोभिड महामारीलगत्तै सुरु भएको रुस–युक्रेन युद्धको प्रभावका कारण थलिएको अर्थतन्त्रलाई संकुचित नीतिले झन् शिथिल बनाएको निजी क्षेत्रको निष्कर्ष छ । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको नेपालको निजी क्षेत्रले उद्योग तथा व्यापारमैत्री नीतिहरु र स्थिर सरकारको अपेक्षा गर्ने गरेका छन् । आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन…