१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


२ वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ: मन्त्री दाहाल


2.236k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको बताउनुभएको छ ।

बिहीबार ६२ औं इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको हो ।

मन्त्री दाहालले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमतीका आधारमा बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस र एमालेका बीचमा भएको सहमती नलुकाइएको पनि बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको बताउनुभयो ।

मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताउनुभयो ।