काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति, र विसंगतिलाई अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्दै खेलकुदमन्त्री चौधरीले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
खेलकुदमन्त्री चौधरीले मन्त्रालय मातहतका निकायहरुलाई सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । उहाँले आफ्नो एउटै चाहना राम्रो काम गर्ने भएको पनि बताउनुभयो । उहाँले ऐन, कानूनहरुको परिपालना गरेर मात्रै खेलकुदका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव १९ औं एशियाली खेलकुद सकिए लगत्तै २० औं एशियाली खेलकुदको लागि मिसन २०२६ भनेर अघि बढाएको बताउनुभयो । अहिले १० खेलको १२२ जना खेलाडी र १० वटा खेलका २० जना प्रशिक्षक रहनुभएको र विशेष प्रशिक्षणमा व्यवस्थित रुपमा अघि बढाएको जिकिर गर्नुभयो । उहाँले नेपाली खेलकुदले अहिलेसम्म स्वर्ण पदक प्राप्त नगरेको भन्दै स्वर्ण पदकसहित दोहोरो अंकको पदक प्राप्त गर्ने लक्ष्य राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँले राखेपको मुख्य कार्यक्रम नै मिसन २०२६ भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्